२०८३ भाद्र ११ गते, बिहीबार १०:२४

केरुङमा बाढीको कहर : ३ जनाको मृत्यु, ५५८ बेपत्ता, उद्धारमा चिनियाँ सेना परिचालन

काठमाडौं ।

चीनको दक्षिण–पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन चिनियाँ जनमुक्ति सेना (पीएलए) परिचालन गरिएको छ।

चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका अनुसार प्रभावित क्षेत्रमा संयुक्त खोज तथा उद्धार अभियान सञ्चालन गर्न चिनियाँ सेनाको ‘वेस्टर्न थिएटर कमान्ड’बाट निर्देशकस्तरको टोली बिहीबार बिहान वाई–२० सैन्य विमानमार्फत घटनास्थलतर्फ प्रस्थान गरेको हो।

भीषण बाढीका कारण केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताइएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजीका लागि चिनियाँ सेना र स्थानीय उद्धार टोलीले संयुक्त रूपमा अभियान सञ्चालन गरिरहेका छन्।

अचानक आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। बेपत्ताको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस