२०८३ भाद्र १३ गते, शनिबार २२:१६

रसुवाको भोटेकोशी बाढी: पर्साका बासिन्दा बेपत्ता भएको आशंका, खोजी तथा उद्धारका लागि जिल्ला प्रशासनको अपिल

वीरगन्ज

रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। भदौ १० गते बुधबार बिहान ८:४० बजे आएको बाढीका कारण विभिन्न स्थानमा सर्वसाधारणहरू बेपत्ता भएको र पर्सा जिल्लावासीहरूसमेत प्रभावित भएको आशंका गरिएको छ।

रोजगार, व्यापार तथा अन्य कामको सिलसिलामा पर्सा जिल्लाबाट रसुवा पुगेका र हाल परिवारसँग सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन गरी खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद नेपालद्वारा हस्ताक्षरित सूचनाअनुसार, आफ्ना आफन्तहरू सम्पर्कमा नआएको भए तत्काल नजिकैको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन आग्रह गरिएको छ।

बाढीबाट प्रभावित व्यक्तिहरू (विशेष गरी ग्यारेज मजदुर, जलविद्युत् आयोजनाका कामदार, चालक, सहचालक तथा स्थानीय मजदुरहरू) बेपत्ता भएको नामावली विवरणसमेत सार्वजनिक गरिएको छ। प्रशासनले उद्धार र खोजी कार्यका लागि पर्सा जिल्लाका मुख्य अधिकारीहरूको सम्पर्क नम्बरसमेत उपलब्ध गराएको छ।

सम्पर्क नम्बरहरू:

  • प्रमुख जिल्ला अधिकारी, पर्सा: ९८५५०७७७७७
  • सहायक प्रमुख जिल्ला अधिकारी: ९८५५०२०९७७
  • प्रहरी उपरीक्षक (जिल्ला प्रहरी कार्यालय पर्सा): ९८५५०७५५५५

बेपत्ता भएका व्यक्तिको पहिचान, हुलिया र विवरण जिल्ला प्रशासन कार्यालय तथा नजिकैको प्रहरी चौकीमा गराएर खोजी कार्यमा सहयोग पुर्‍याउन सर्वसाधारणलाई अपिल गरिएको छ।

प्रतिक्रिया

भोटेकोशी बाढी पीडितका लागि वीरगन्ज महानगरको ऐक्यबद्धता: कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलमा १ करोड ११ लाख राहत सहयोग

वीरगन्ज-रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीका कारण भएको ठूलो

भोटेकोशी बाढी पीडितका लागि वीरगन्ज महानगरको ऐक्यबद्धता: कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलमा १ करोड ११ लाख राहत सहयोग

वीरगन्ज-रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीका कारण भएको ठूलो

पोडकास्ट सुन्नुहोस