२०८३ भाद्र १४ गते, आईतवार १३:४४

त्रिशूलीमा फेरि बढ्यो बाढी, उद्धार कार्य प्रभावित; हेलिकोप्टरबाट ‘स्पेशल फोर्स’ परिचालनको तयारी

काठमाडौं –

रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारमा फेरि चुनौती थपिएको छ। आयोजनास्थलमा आज बिहान करिब ४ बजे आएको बाढीले त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढाएपछि उद्धार तथा खोजी कार्य प्रभावित भएको सरकारले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नदीको जलसतह अत्यधिक बढेपछि आयोजनाको क्षेत्रमा नदीको किनार तीव्र रूपमा कटान भइरहेको छ। बाढीको बहाव र कटानका कारण आयोजनास्थलमा थप जोखिम बढेकाले उद्धार टोलीलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

सरकारले बाढीका कारण आयोजनास्थलमा थुप्रिएको माटो, लेदो तथा अन्य अवरोध हटाउन डोजर र भारी उपकरण पुनः परिचालन गर्ने तयारी गरेको छ। आयोजनाको समग्र अवस्था र क्षतिको निरन्तर अवलोकन गर्दै उद्धार तथा खोजी कार्यलाई सुरक्षित ढंगले अघि बढाउने प्रयास भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसैबीच, पहिरो र माटोले पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रबाट महत्वपूर्ण उपकरण निकाल्न हेलिकोप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरिएको छ।

आयोजनास्थलसम्म पुग्ने सडक पहुँच अवरुद्ध भएकाले भवननजिकै हेलिकोप्टरबाट सुरक्षाकर्मी तथा प्राविधिक टोली उतारेर त्यहाँ रहेका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्सलगायतका उपकरण सुरक्षित रूपमा निकाल्ने तयारी गरिएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार बाढी, कटान र पहिरोको जोखिम कायमै रहेकाले उद्धार टोलीले मौसम तथा नदीको बहावको अवस्था निरन्तर मूल्यांकन गरिरहेको छ। जोखिम कम हुनेबित्तिकै माटो तथा लेदो हटाउने र आयोजनास्थलमा फसेका व्यक्तिको खोजी तथा उद्धारलाई थप तीव्रता दिने सरकारको तयारी छ।

प्रतिक्रिया

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

पोडकास्ट सुन्नुहोस