२०८३ भाद्र १४ गते, आईतवार १७:५८

भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन :ओली

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् ।

आइतबार एमालेको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताए । यस प्रकारको क्षति यसअघि त्रिशूलीमा समेत नदेखिएको बताउँदै उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको बताए ।

‘जनको क्षति अपूरणीय हुन्छ । धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ । तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने ।

उनले बाढीले मानिसलाई उम्कने सम्भावनासमेत नदिई बगाएको बताए । ओलीले अहिलेको विपत्ति राष्ट्रिय शोक र पीडाको समय भएकाले यस्तो अवस्थामा कसैले पनि राजनीतीकरण गर्न नहुने बताए ।

‘यो साझा पीडा हो, साझा शोकको बेला हो । यस पीडालाई समाधान गर्ने पनि साझा दायित्व हो,’ ओलीले भने ।

उनले विपत्तिबाट प्रभावित नागरिकको गर्ने पनि सबै पक्षले साझा जिम्मेवारी रहेको बताए । 

प्रतिक्रिया

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

पोडकास्ट सुन्नुहोस