२०८३ भाद्र १४ गते, आईतवार १८:५७

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज

वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर रुङ्टाले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रुङ्टा ग्रुपअन्तर्गत सञ्चालित विभिन्न उद्योग तथा प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग रकम प्रदान गरिएको हो।

शनिबार हरिखेतान बहुमुखी कलेजको एक कार्यक्रममा कलेज व्यवस्थापन समितिका कोषाध्यक्षसमेत रहेका रुङ्टा ग्रुपका सञ्चालक सुरेशकुमार रुङ्टाले विपद् प्रभावितका लागि ३० देखि ४० लाख रुपैयाँसम्म सहयोग गर्ने प्रारम्भिक घोषणा गरेका थिए। तर घोषणाको भोलिपल्टै ग्रुपले आफ्नो प्रतिबद्धताभन्दा करिब छ गुणा बढी अर्थात् २ करोड १ लाख रुपैयाँको चेक कोषमा हस्तान्तरण गरेको छ।

देशका विभिन्न भागमा बाढी-पहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला प्रभावित परिवारहरूलाई तत्काल राहत र पुनर्वासमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ।

उद्योग र व्यवसायसँगै सामाजिक सेवालाई प्राथमिकतामा राख्दै आएको रुङ्टा ग्रुपले आगामी दिनमा पनि परिस्थितिअनुसार विपद् व्यवस्थापन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। कठिन घडीमा निजी क्षेत्रबाट भएको यो ठूलो आर्थिक सहयोगलाई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

पोडकास्ट सुन्नुहोस