२०८३ भाद्र १४ गते, आईतवार १८:५५

वीरगन्जमा १०० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

वीरगन्ज

वीरगन्जबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–१६ स्थित माईधिया पोखरी अगाडिको सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो। शंकास्पद रूपमा पैदल हिँडिरहेका तीनै जनालाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट १०० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, पूर्णिया जिल्ला सदर थाना घर भएका १९ वर्षीय कृष्णा कुजुर, १९ वर्षीय आदित्य राज तिगा र १८ वर्षीय आशिष कुँजुर रहेका छन्।

बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका तीनै जनामाथि लागूऔषध खरिद-बिक्री तथा ओसारपसार मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

पोडकास्ट सुन्नुहोस