२०८३ भाद्र १८ गते, बिहीबार १५:२३

भोटेकोसी र त्रिशूली बाढीः पर्साका बेपत्ता नागरिकको शीघ्र उद्धार गर्न सांसद हरि पन्तको माग

वीरगन्ज।

भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले बाढीमा बेपत्ता भएका पर्साका नागरिकहरूको शीघ्र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

​आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले महाविपत्तिमा परि ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढी तथा विभिन्न आयोजनाहरूमा फसेका र बेपत्ता भएकाहरूको तत्काल युद्धस्तरमा उद्धार गर्न सभामुखमार्फत सरकारसँग माग गरे।

​संसदमा बोल्दै सांसद पन्तले यस महाविपत्तिमा आफ्नो निर्वाचन क्षेत्र पर्सा क्षेत्र नम्बर १ का साथै समग्र पर्सा जिल्लाका धेरै नागरिक बेपत्ता रहेको र उनीहरूका परिवार अझै पनि ‘सास या लास’को पर्खाइमा तड्पिरहेको बताए।

​श्रोत, साधन र दक्ष जनशक्तिको अभावका कारण उद्धार कार्यमा सोचेजस्तो द्रुत प्रगति हुन नसके पनि सरकारले गरिरहेका प्रयासहरूको जनताले नजिकबाट मूल्याङ्कन गरिरहेको उनले उल्लेख गरे। उनले राज्यको सम्पूर्ण शक्ति परिचालन गरेर तथा आवश्यक परे मित्रराष्ट्रहरूसँग समेत समन्वय र सहकार्य गरी परिणाममुखी उद्धार कार्य चलाउन सरकारलाई आग्रह गरे।

यी हुन् उद्धारको पर्खाइमा रहेका पर्साका नागरिकहरू:

​सांसद पन्तले त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत पर्साका इन्जिनियर दिलीप यादव, घट्टेखोला क्षेत्रबाट बेपत्ता भएका सुनिल मान डंगोलका साथै विभिन्न स्थानमा फसेका पर्सा क्षेत्र नम्बर १ का नागरिकहरूको नामावली संसदमा प्रस्तुत गर्दै उनीहरूको शीघ्र खोज तथा उद्धारका लागि जोडदार माग गरे:

  • ​सुनिल मान डंगोल
  • ​अनुतम श्रेष्ठ
  • ​कमरुल होद्दा अन्सारी
  • ​समिम आलम
  • ​नवीन कुमार सिंह
  • ​नग नारायण पटेल
  • ​अजय कुमार यादव
  • ​सञ्जय तामाङ
  • ​रमन स्वरुप
  • ​अजिर अन्सारी
  • ​सहाबुद्दिन मन्सुरी
  • ​सर्फराज मियाँ
  • ​कविता हल्दिया
  • ​विकास कुमार वर्णवाल
  • ​अरवाज हवारी

​विपत्तिका बेला नागरिकको विश्वास जित्ने गरी उद्धार र राहत कार्यलाई अझ तीव्र बनाउन सांसद पन्तले पुन: सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

गोरखापत्रका पूर्वमहाप्रबन्धक एवं पत्रकार वसन्तप्रकाश उपाध्यायको निधन, गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका थिए

वीरगन्ज– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवं ज्येष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको ५५

गोरखापत्रका पूर्वमहाप्रबन्धक एवं पत्रकार वसन्तप्रकाश उपाध्यायको निधन, गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका थिए

वीरगन्ज– गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक एवं ज्येष्ठ पत्रकार वसन्तप्रकाश उपाध्यायको ५५

पोडकास्ट सुन्नुहोस