२०८३ भाद्र २० गते, शनिबार ११:५१

कारको डिकीमा १२ पोका गाँजा, पर्सामा ११४ किलोसहित २१ वर्षीय युवक पक्राउ

वीरगन्ज

पर्सामा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कारको डिकीमा प्लास्टिकको डोरीले कस्सेर बाँधिएका १२ वटा पोका लुकाएर लैजाँदै गरेको अवस्थामा ११४ किलो ग्राम गाँजा बरामद भएको हो।

शुक्रबार राति करिब ८ः४५ बजे पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित तिलावे पुल–भिष्वा सडकखण्डमा प्रहरीले सवारीसाधन जाँच गरिरहेको थियो। सोही क्रममा तिलावे पुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो निशान कार प्रहरीको नजरमा परेको थियो।

प्रहरीले कार रोकेर जाँच गर्दा पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका शंकास्पद पोका भेटिए। पोका खोलेर हेर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कारको डिकीबाट बरामद गरिएको १२ वटा पोकामा गरी कुल ११४ किलो ग्राम लागुऔषध गाँजा रहेको पुष्टि भएको हो।

गाँजा बरामद भएपछि प्रहरीले कारसहित त्यसमा सवार धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बरामद गाँजा, कार र पक्राउ परेका चेपाङलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ। गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाँदै थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपालले उठाउँदै आएको जलवायु क्षतिपूर्तिको माग विश्वमञ्चमा बलियो बन्दै, ग्रेटा थनबर्गको जोडदार समर्थन

काठमाडौँ – जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको विनाशकारी क्षतिको क्षतिपूर्ति

नेपालले उठाउँदै आएको जलवायु क्षतिपूर्तिको माग विश्वमञ्चमा बलियो बन्दै, ग्रेटा थनबर्गको जोडदार समर्थन

काठमाडौँ – जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको विनाशकारी क्षतिको क्षतिपूर्ति

पोडकास्ट सुन्नुहोस