२०८३ भाद्र २१ गते, आईतवार ००:४२

नेकपा एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा लियाकत अली मनोनयन

वीरगन्ज-

नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको अध्यक्ष पदमा लियाकत अली मनोनीत भएका छन्। शनिवार आदर्शनगरस्थित पार्टी प्यालेसमा सम्पन्न महानगर कमिटीको छैटौँ बैठकले रिक्त पदहरूमा नयाँ पदाधिकारी मनोनयन गर्ने निर्णय गरेको हो।

बैठकले उपाध्यक्ष पदमा संजिव बहादुर छतकुली र सचिव पदमा जलन्धर प्रसाद कुर्मीलाई जिम्मेवारी दिएको छ।

दोस्रो महानगर अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षको पद रिक्त भई कार्य सञ्चालनमा कठिनाइ उत्पन्न भएकाले नयाँ अधिवेशन नहुञ्जेलसम्मका लागि पार्टी विधान बमोजिम कमिटीभित्रैबाट पदपूर्ति गरिएको एमालेले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष लियाकत अलीको अध्यक्षतामा बसेको उक्त बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य विजय कुमार सरावगी प्रमुख अतिथि तथा मधेश प्रदेश उपाध्यक्ष एवं वीरगञ्ज इन्चार्ज विचारी यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा एमाले प्रदेश सदस्यहरू राजेन्द्र प्रसाद यादव, अफजल हुसेन, अमोल यादव, सन्तोष सिंह, विक्की सिंह, धुव प्रसाद, पुनेदेव कुर्मी, बालेश्वर प्रसाद गौरो, वडा नं. १४ का पूर्व वडा अध्यक्ष भरत प्रसाद कुर्मी, प्रदेश सचिवालय सदस्य विरेन्द्र प्रसाद यादव, विजय कुमार चौरसिया, शिव प्रसाद पटेल तथा जिल्ला सचिवालय सदस्य खुरम आलम लगायतका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस