२०८३ भाद्र २१ गते, आईतवार १२:२०

देवीघाटमा सेनाले बनाउँदैछ ५० टन भारवहन क्षमताको ‘एक्रो ब्रिज’

नुवाकोट –

यही भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ।

बाढीका कारण विदुर नगरपालिका-५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि आवतजावत पुनः सञ्चालन गर्न नेपाली सेनाले ‘एक्रो ब्रिज’ निर्माणको काम तीव्र बनाएको छ। देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजले पुल निर्माणको काम अघि बढाएको हो।

बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ।

पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ। सेनाले केही दिनभित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस