काठमाडौँ –
काठमाडौँका विभिन्न सार्वजनिक स्थानहरूमा मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पार्ने तथा द्वन्द्व भड्काउने अभिव्यक्ति लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ शङ्खमूल बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन्।
विशेष खोजतलासका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनलाई भदौ २० गते शङ्खमूल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सार्वजनिक शान्तिमा खलल पार्न नहुनेसम्बन्धी कसुरमा गुरुङमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।











