२०८३ भाद्र २३ गते, मंगलवार ०२:१३

७ वर्ष ग्यारेन्टी भनिएको बर्जर पेन्ट ६ महिनामै खुइलिएपछि १२ लाख ७८ हजार क्षतिपूर्ति भराउन उपभोक्ता अदालतको आदेश

काठमाडौँ

खरिद गरेको केही महिनामै रङ खुइलिएपछि परेको मुद्दामा उपभोक्ता अदालतले बर्जर पेन्ट्सको उत्पादक कम्पनी र बिक्रेता (डिलर) लाई १२ लाख ७८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।

७ वर्षसम्म टिक्ने ग्यारेन्टी र विज्ञापन गरिएको बर्जर पेन्ट घरमा लगाएको ६ देखि ८ महिनामै पूर्ण रूपमा खुइलिएपछि पीडित उपभोक्ताहरू अदालत पुगेका थिए।

भक्तपुर घलातेस्थित ‘फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रालि’ (प्रोपाइटर दिनेश गिरी) बाट रङ खरिद गरेका ठिमीका दीपक राज गिरी (२०७६ भदौ), सिद्धान्त श्रेष्ठ (२०७८ चैत) र दयाराम कार्की (२०८१ वैशाख) ले रङ बिग्रिएपछि क्षतिपूर्ति मागेका थिए। तर, डिलर र उत्पादक कम्पनी ‘बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि’ दुवैले क्षतिपूर्ति दिन अस्वीकार गरेपछि उनीहरूले २०८२ माघ २६ गते उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७(१)(च) तथा दफा ११ बमोजिम फैसला गर्दै अदालतले कुल क्षतिपूर्तिमध्ये उत्पादक कम्पनीले १२ लाख १४ हजार ५०० रुपैयाँ र डिलरले ६३ हजार ९०० रुपैयाँ भुक्तानी दिनुपर्ने आदेश दिएको छ।

अदालतको आदेश अनुसार पीडितहरूले निम्न बमोजिम रकम पाउनेछन्:

  • सिद्धान्त श्रेष्ठ: ६ लाख ३४ हजार ८०० रुपैयाँ
  • दयाराम कार्की: २ लाख ९७ हजार ५०० रुपैयाँ
  • दीपक राज गिरी: २ लाख ४६ हजार १०० रुपैयाँ

उत्पादक कम्पनीले पेन्ट ७ देखि १० वर्षसम्म टिक्छ भनेर झुट्टा विज्ञापन गरेको समेत पाइएकाले यस्ता भ्रामक प्रचार गर्न नहुने अदालतको ठहर छ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस