काठमाडौँ–
एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। मलेसियाको बायोमास ओभलमा हङकङका कप्तान यासिम मुर्तजाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङको निम्तो पाएको हो।
प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। नेपाल आजको खेल पनि जित्दै अपराजित रहेर समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। यसअघि नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरिसकेको छ।
उता हङकङका लागि भने सेमिफाइनलको यात्रा तय गर्न आजको खेल जित्नै पर्ने दबाब रहेको छ। नेपालसँग पराजित भएमा हङकङको यात्रा समूह चरणमै सीमित हुनेछ भने आयोजक मलेसिया सेमिफाइनलमा प्रवेश गर्नेछ। यसअघि मलेसिया र साउदी अरेबियालाई हराएको हङकङ बहराइनसँग पराजित भएको थियो।












