२०८३ भाद्र २४ गते, बुधबार ०३:००

प्रधानमन्त्री बालेनले भने- सुशासन कायम हुने नै छ

काठमाडौं –

प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम गरेरै छाड्ने दृढ प्रतिबद्धता व्यक्त गर्दै जेनजी आन्दोलनका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

जेनजी विद्रोहको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत देशका युवापुस्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले छोटो तर स्पष्ट सन्देश प्रवाह गरेका हुन्। उनले लेखेका छन्, “प्रिय जेनजी, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।”

आजभन्दा ठ्याक्कै एक वर्षअघि, अर्थात् २०८२ भदौ २३ गते, देशका हजारौँ युवा तथा विद्यार्थीहरू स्वस्फूर्त रूपमा काठमाडौँको सडकमा उत्रिएका थिए। देशमा व्याप्त कुशासन, दण्डहीनता, संस्थागत भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका विरुद्ध जेनजीले बालेको आन्दोलनको राँकोले नेपाली राजनीतिलाई नै नयाँ मोड दियो। यही जनविद्रोहको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै शाहले राजनीतिक नेतृत्व लिए र अन्ततः देशको प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस