२०८३ आश्विन २७ गते, मंगलवार ११:०३

पर्साको धानखेतमा लुकाइराखेको भरुवा बन्दुक बरामद

वीरगन्ज-

पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२२ स्थित धानखेतबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ।

बहुवरीबाट भवानीपुरतर्फ जाने सडकको पूर्वतर्फ रहेको धानखेतमा प्लास्टिकले बेरेर लुकाइराखिएको अवस्थामा शुक्रबार दिउँसो बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो।

धानखेतमा बन्दुक कसले र किन लुकाएको थियो तथा उक्त बन्दुक कुनै आपराधिक घटनामा प्रयोग भएको थियो वा थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस