२०८२ असार १७ गते, मंगलवार ०९:५६

काठमाडौं-
राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरुको गहन समीक्षा जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको बताउनु भयो । उहाँले संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटी भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि गरिएका संकल्पहरु कति पूरा भए भन्नेबारेमा समीक्षा हुनुपर्ने बताउनु भयो ।

नेता सिटौलाले स्थानीय तहलेखि संघ सरकारसम्मै राज्य सञ्चारलनका शैलीहरु परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस