२०८२ असार २५ गते, बुधबार ०५:५१

काठमाडौ –
नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ ।

सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको हो ।

उहाँले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाउनु भयो । उहाँले देशमा असाधारण परिस्थिति बन्दै गएको बताउनु भयो ।

उहाँले असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताउनु भयो । उहाँले सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाउनु भयो ।

संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताउनु भयो । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको आरोप लगाउनु भयो ।

प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन

प्रदेश विपद् कोषमा तत्काल रकम पठाएर विपद् पछिको पुनःस्थापना र पुनःनिर्माणमा तत्काल केन्द्र सरकारले काम गर्नुपर्छः मन्त्री लामिछाने

रसुवामा आएको भीषण बाढीका कारण बैठक पूर्णरूपमा सञ्चालन हुन सकेन

neelambads

पोडकास्ट सुन्नुहोस