२०८२ असार १७ गते, मंगलवार ११:११

जनकपुर-

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विद्यापति बहुआयामिक प्रतिभाका धनी रहेकाले उहाँको व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आवश्यक रहेको बताउनुभएको हो । निधीले  विद्यापति एक भुमिकामा बाँधिने कवि नभइ पथप्रदर्शक भएको बताउनु भयो ।

उहाँलाई कविको रुपमा मात्रै देखिनु बेइमानी हुुने बताउँदै निधीले उहाँ क्रान्तिकारी समेत रहेको बताउनु भयो । विद्यापति राजनीतिक क्रान्ति, सामाजिक क्रान्ति तथा राज्य शासन संचालन पद्धतिको प्रणेता रहेको निधीको भनाई थियो ।

विद्यापति स्मृति पर्वको अवसरमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह लगायतको उपस्थिति रहेको थियो । पर्वको अवसरमा विद्यापतिमाथी केन्द्रित रहेर कविहरुले आ–आफ्नो कविता समेत वाचन गरेका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस