२०८२ पुष २४ गते, बिहीबार ०३:३८

मलेसियाको जनसंख्या १.६ प्रतिशतले बढ्यो

काठमाडौ –
मलेसियाको कुल जनसंख्या ३४.१ मिलियन पुुगेको छ ।

यस वर्षको तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले बढेर सो संख्या पुगेको आधिकारिक तथ्यांकले देखाएको छ । सोही अवधिमा जन्मदरमा कमी आएपछि जनसंख्या वृद्धि दरमा पनि केही कमी आउन थालेको तथ्याङ्क मलेसिया विभागले जनाएको छ ।

कुल जनसङ्ख्यामा ९० प्रतिशत नागरिक र १० प्रतिशत गैर नागरिक थिए । गत वर्षको १७.६ मिलियनमा पुरुषको संख्या बढेर १७.९ मिलियन पुगेको छ भने महिला १६ करोडबाट बढेर १६.२ मिलियन पुगेको छ ।

तेस्रो त्रैमासिकमा मलेसियनहरूको जनसंख्या ५८.१ प्रतिशत रहेको छ भने चिनियाँ र भारतीय जनसंख्या एक वर्ष अघिको २२.५ प्रतिशत र ६.६ प्रतिशतको तुलनामा क्रमशः २२.४ प्रतिशत र ६.५ प्रतिशतमा झरेको छ ।

तेस्रो त्रैमासिकमा कुल ४८ हजार ३१७ जनाको मृत्यु भएको छ । जुन गत वर्षको तुलनामा १.९ प्रतिशतले बढेको छ ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस