काठमाडौं-
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गर्नुभएको हो । उहाँले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताउनु भयो ।

उहाँले प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताउनु भयो । उहाँले नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको बताउनु भयो । उहाँले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको बताउनु भयो ।
उहाँले पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने ? भन्दै प्रश्न गर्नुभयो ।
मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताउनु भयो ।