२०८३ बैशाख २ गते, बुधबार ०५:३९

४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित वीरगन्जका राजा हुसैन रक्सौलमा पक्राउ

गणेश शंकर/ रक्सौल-

रक्सौल प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित एक नेपाली युवालाई पक्राउ गरेको छ। पूर्वी चम्पारण मोतिहारीका एसपी स्वर्ण प्रभातद्वारा जारी गरिएको विज्ञप्ति अनुसार, रक्सौल प्रहरी चौकी र एएलटीएफ एन्टी लिकर टास्क फोर्स० को संयुक्त टोलीले छापामारी गर्दा करिब ४२ लाख रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको हो।

छापामारीका क्रममा चरेस, १०० ग्राम ब्राउन सुगर, २२ थान कोरेक्स सिरप, ३२ थान खाली कोरेक्सका डब्बा, नेपाली नम्बर प्लेटको स्कुटर र मोटरसाइकल बरामद गरिएको छ। पक्राउ परेका व्यक्ति वीरगन्ज, मुर्ली निवासी राजा हुसैन रहेका छन्।

प्रहरीका अनुसार बरामद लागुऔषधको बजार मूल्य ४२ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ। यस अभियानमा एसडीपीओ धीरेन्द्र कुमार, पुअनी एकता सागर, परिपुअनी कुमार प्रभात, पीटीसी विकास कुमार लगायतका प्रहरी अधिकारीहरूको टोली संलग्न रहेको थियो।

प्रहरीले पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाहीका लागि अगाडि बढाउने जानकारी दिएको छ। यो घटना लागुऔषध कारोबारविरुद्ध प्रहरीको सक्रियताका रूपमा लिइएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस