२०८२ असार ४ गते, बुधबार ११:५१

अजरबैजान—बाकु  –

अजरबैजानको—बाकुमा जारी जलवायु सम्मेलनमा परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप—२९) मा नेपालले जलवायु वित्तमा सहयोग बढाउन जोड दिएको छ ।

नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा भएको सम्मेलनमा नेपालले विकासशिल र अति कम विकसित राष्ट्रहरुको तर्फबाट जलवायुजन्य असरका मुद्दाहरु सशक्त रुपमा उठाएको हो । जलवायुजन्य कार्यका लागि जलवायु वित्तको रकम बढाउनुपर्ने मुद्दामा पनि नेपालले प्राथमिकता दिएको कोप २९ मा नेपालका प्रतिनिधि मण्डलका सदस्य नरेश शर्माले बताउनु भयो । नेपालले सम्मेलनका विषयगत वार्ताहरुमा अति कम विकसित र विकासशील देशहरुको तर्फबाट नेपालले सामुहिक रुपमा आफ्ना मुद्दाहरु राखिरहेको पनि शर्माले बताउनु भयो । उहाँले सम्मेलनको शुरुवाती सप्ताहमा प्रतिवेदनका लागि बुँदागत रुपमा एजेण्डाहरुमा छलफल भएको तर निस्कर्ष ननिस्किएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपालले कोप—२९ को विषयगत वार्ताहरुमा आफ्ना एजेण्डाहरु स्पष्ट रुपमा राखेको छ ।

अजरबैजानका राष्ट्र प्रमुखले सम्मेलनमा सम्बोधन गर्ने क्रममा जलवायु वित्तको कुरालाई प्रमुख प्राथमिकताका साथ उठाउनुभएको र पुराना सम्झौताअनुरुप संकट मुलुकले पाउने जलवायु रकम तोक्नुपर्ने कुरामा जोड दिनुभएको बताउनु भयो । हरेक वर्ष जलवायु परिवर्तनबाट पीडित देशहरुले पाउनुपर्ने सहायताको रकम प्राप्त नगरेको र कोप २९ ले स्पष्ट कार्यपत्र बनाउनुपर्ने माग सहभागी प्रतिनिधिहरुले राखेका छन् । जलवायु वित्तलाई बढाउनुपर्ने कुरामा मुख्य जोड दिइ छलफल अघि बढाइएको बताउनु भयो ।

कोप—२९ मा नेपालबाट धेरै प्रतिनिधि मण्डल समावेश गरेको अफवाह सञ्चारमाध्यममा फैलिए पनि नेपाललाई अझै बहस पैरवीका लागि आवश्यक जनशक्ति अपुग रहेको गुनासो गर्नुभयो । उहाँले नेपालबाट धेरै प्रतिनिधि पठाइयो भन्नेकुरामा कुनै सत्यता नरहेको पनि स्पष्ट पार्नुभयो । कोप—२९ मा राष्ट्रपति रामचन्द्र पौडेलसहितको प्रतिनिधिमण्डल अजरबैजान जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै प्रतिनिधि जाने भन्दा सिमित विज्ञहरु पठाउनुपर्ने धारणा राख्नुभएको थियो । तर अजरबैजानमा सहभागी सरकारी प्रतिनिधिहरु भने नेपालको जनशक्ति कम हुँदा नेपालले राख्नुपर्ने एजेण्डाहरु चाहेअनुसार सबै फोरमहरुमा राख्न नसकिरहेको गुनासो गरिरहेका छन् ।

उहाँले नेपालले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा कोप २९ मा विभिन्न छलफलहरुमा भाग लिइरहेको र आफ्ना एजेण्डाहरु राखिरहेको बताउनु भयो ।

उहाँले कोप २९ सम्मेलनमा नेपालको तर्फबाट राखनुपर्ने विषयहरु नछुटुन् भन्नेमा आफूहरु शतर्क रहेको बताउनु भयो । नोभम्बर ११ बाट शुरु भएको सम्मेलन २२ सम्म सञ्चलन हुनेछ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस