काठमाडौ –
नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ ।
टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताउनु भयो ।
उहाँले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताउनु भयो । उहाँले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि बताउनु भयो । उहाँले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको बताउनु भयो ।
उहाँले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताउनु भयो । उहाँले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरुबारे मैना रोबर्टलाई तालिम गराउने बताउनु भयो । उहाँले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताउनु भयो ।
उहाँले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताउनु भयो । उहाँले हरेक शनिवार पनि कार्यालय खुला हुने बताउनु भयो । उहाँले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।