२०८२ असार ७ गते, शनिबार ०६:४७

काठमाडौँ – 

चार देशका राजदुतहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

पाकिस्तान, कतार, इजरायल र जनवादी गणतन्त्र चीनका लागि अनुमोदित राजदुतहरुलाई आईतवार शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण गर्ने राजदुतहरुमा कतारका लागि अनुमँेदित रमेशचन्द्र पौडेल, इजरायलका लागि अनुमोदित प्राध्यापक धनप्रसाद पण्डित, जनवादी गणतन्त्र चीनका लागि अनुमोदित प्राध्यापक डा.कृष्णप्रसाद ओली र पाकिस्तानका लागि अनुमोदित रिता धिताल हुनुहुन्छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस