२०८२ असार १७ गते, मंगलवार ००:५६

काठमाडौँ-

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट त्रिशूली नदीमा ट्रक खसेको छ । नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् ।

नवलपरासीबाट काठमाडौँका लागि छुटेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा ट्रकका चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस