२०८२ असार ७ गते, शनिबार ०६:५०

वीरगन्ज-
नेशनल मेडिकल कलेज परिसरमै दम सम्बन्धि जनचेतना कार्यक्रम संपन्न भएको छ ।स्वास्थ्य क्षेत्रमा जटिल बन्दै गएको दाम सम्बन्धी स्वास्थ्य समस्या अन्तर्गत पर्ने समस्यालाई नियुनीकारण गर्न नेशनल मेडिकल कलेजले आज जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईशरत जहाँ अन्सारी , विशिष्ट अतिथि, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी , प्रधनाध्यापक डा।के। एन। सिंह, सह प्राध्यापक रविशंकर गुप्ता, नर्सिंग प्रशासन प्रमुख आताउल रहमान अंसारी,कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतका उपस्थिति रहेको थियो ।

उक्त जनचेतना मुलक नाटक वि.एस.सी. पन्ध्रौं बैचका विद्यार्थीहरुले प्रस्तुत गरेका नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताउनु भयो। प्रस्तुत नाटक पश्चात मेडिसिन वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस