२०८२ जेष्ठ ३१ गते, शनिबार २३:४६

काठमाडौ –

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकमाले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भिर परिस्थितिको भुमरिमा धकेलेको बताउनुभएको छ ।

बुधवार पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनि प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गर्नुभएको हो ।

उहाँले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु भएको ७५ वर्ष पूरा भएपनि कम्युनिष्ट आन्दोलनका उद्देश्यहरु अmझै सफल नभएको बताउनु भयो ।

उहाँले कम्युनिष्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भएपनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको इतिहासको गम्भिर समिक्षा गर्ने बेला भएको बताउनु भयो ।

नेपालको सामन्ती, दलाल पूँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरुले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर संघर्ष गरिरहेको बताउनु भयो ।

उहाँले पत्रकार सम्मेलनमा पार्टीको ११ औं पुनर्गठन दिवसका अवसरलाई विभिन्न उत्सव एवं कार्यक्रम गरी मनाउने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस