वीरगन्ज-

वीरगन्ज महानगरपालिकाले आफनो क्षेत्रमा रहेका समुदायिक विधालयको भौतिक विकासको लागी वार्षिक लाखौँरकम खर्च गर्ने गरेको छ । त्यती मात्र हैन अभिभावक लाई बिबिध बहाना बनाई विधालयले उठाउने गरेको सहयोग रकम समेत न लिने भनेर बन्द गराएको छ । जुन कार्यको अभिभावकले प्रशंसा गरेका थिए । विधालय र बिद्यार्थीको विकासको नाममा केही महिना पहिला नै शिक्षक सरुवाको बिवाद अहिले वीरगन्ज बासि विर्सन सकेका छैनन । वीरगन्ज महानगरपालिकाले शिक्षामा आमूल परिवर्तन गरेको दाबि गर्दछ । यर्थाथ भने सिंहको मुखुण्डोमा स्याल भेटे जस्तो छ  ।

गत ३ गते शिक्षक अभावले अध्ययन अध्यापन प्रभावित भएको भन्दै वीरगन्ज महानगरपालिका वडा नम्बर १६–नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले तालाबन्दी सहित विरोध प्रदर्शन गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गर्दै गेटअगाडि आगो बालेर विरोध प्रदर्शन समेत गरेका थिए । विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभावका कारण पठनपाठन ठप्प भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । वीरगंज वडा नं।– १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले भोलि ४ गते बाट लेखा विषयका शिक्षक व्यवस्था गरी पठनपाठन नियमित गराउने आश्वासनपछि विद्यार्थीहरूले आन्दोलन स्थगित गरेका थिए।

वीरगंज वडा नम्बर १० स्थित श्रीरामचरित्र साह पन्नालाल माध्यमिक बिद्यालयको शैक्षिक वातावरण भद्रगोल बन्दै गएको छ । वीरगंजको मुटु घडिअर्वामा रहेको बिद्यालयको शैक्षिक वातावरण बिग्रनुको मुख्य कारणहरु मध्ये बिद्यालय व्यवस्थापनको असक्षमता, प्रधानाध्यापकको असफल नेतृत्वदायि भुमिका रहेको अभिभावकले आरोप लगाएका छन । साढे पाँच सय भन्दा बढि बिद्यार्थी अध्ययनरत बिद्यालयको भौतिक पुर्वाधार देखि शिक्षक र कार्यालय सहयोगिको व्यवस्थापनमा चुकेको बिद्यालयले कस्तो खाले शिक्षा प्रदान गरेको होला सजिलै अनुमान गर्न सकिन्छ ।

छैन कार्यलय सहयोगी (महानगरको आश्वासन मै महिनौं बित्यो )

साढे पाँच सय भन्दा बढि बिद्यार्थी अध्ययनरत बिद्यालयमा महिनौं देखि कार्यलय सहयोगी न रहँदा त्यस विद्यालयको अवस्था कस्तो होला त्यो आफै अनुमान गर्न सकिन्छ । अहिले सो हि बिधालमा कार्यरत भु.पु. कार्यालय सहयोगीले मुन्ना भन्नेले निशुल्क रुपमा खट्दै आएका छन् “आफुहरु लाई मुन्ना सहयोग गदै आएको र विधालयमा हाजिर भए देखि नै महानगरमा दिनहुँ कार्यलय सहयोगीको माग गदै छु” । तर अहिले सम्म आश्वासन बाहेक केहि पाउन न सकेको प्र.अ उमेश मिश्राले बताउछन् ।

स्वीकृत नगराई चार महिनादेखि शिक्षिका अनुपस्थित (‘तैं चुप मैं चुप’ )

सो बिद्यालयमा कार्यरत एक शिक्षिका बिगत ४ महिनादेखि बिद्यालयमा अनुपस्थित रहेको समाचार प्राप्त भएको छ । बाल बिकाश पदमा कार्यरत शिक्षिका बिनुका आर्चाय २०८१ भाद्र ९ गते देखि अनुपस्थित रहेको बिद्यालयका प्रधानाध्यापक उमेश मिश्राले जानकारी दिए । प्रअ मिश्राले स्वास्थ्य उपचारको लागि भन्दै आर्चायले बिगत ४ महिना देखि बिद्यालयमा अनुपस्थित रहेका जानकारी दिए ।

२०८१ भाद्र ६ गते शिक्षिका आर्चायले दिएको निवेदन स्वीकृत नभएको तथ्य फेला परेको छ । आर्चायले दिएको निवेदन बिद्यालयका पुर्व प्रअ. मनोज चौहानले नै स्वीकृत नगरेको र उहाँले समान्य निवेदनको भरमा यति लामो बिदा लिएको प्रअ मिश्राले जानकारी दिए । मिश्राले केहि दिन अगाडि मात्र आर्चायले दिएको निवेदन आफुलाई हाजरीरजिस्टरमा भेटेको र  अचार्य संग समाजिक संजाल मार्फत कुरा भएको उहाँले छोरा संग सल्लाह गरेर मात्र नेपाल फर्किने जवाफ दिएकोे बताए ।

शिक्षिका आर्चायको छोरा बुहारी अष्ट्रेलियामा रहेको र त्यहाँ उनकि बुहारी सुत्केरी रहेकोले उनलाई सहयोग गर्न आर्चाय बिगत ४ महिना देखि त्यही बसिरहेको श्रोतको दावी छ ।

यता वीरगंज महानगरका शिक्षा शाखा सहायक प्रमुख  हरी राउतले  यस बारे मलाई बुधवार जानकारी भयो शिक्षिका आर्चायलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाई सकेको गोप्यखबर जानकारी दिएको छ ।

शिक्षिका आर्चायले दिएको निवेदन

अस्तव्यस्त पुस्तकालय
बिद्यालयमा रहेको पुस्तकालयको अवस्था नाजुक छ । करिब ६लाख ५० हजारको लागतमा निर्माण भएको पुस्तकालयको अवस्था बिजोग छ। पुस्तकालय प्रयोग बिहिन मात्र नभई बिद्यार्थीलाई चाहिने कुनै पुस्तक पनि भेटिदैन । तर प्रअ मिश्रा पुस्तकालयको रकम दमपच गर्ने दाउमा दिनहु महानगर धाईरहेको श्रोतको दावी छ ।

विधालयमा स्थापना गरीएको पुस्तकालय

प्र.अ.मिश्राको आफनै तर्क
प्रअ मिश्राले डेढ महिना मात्र बिद्यालय आएको बताउदै बिद्यालयको भौतिक पुर्वाधार देखि शिक्षिक व्यवस्थापनमा बिशेष जोड दिएको बताए । पहिला कसरी चलेको थियो । सवैकुरा बुझने क्रममा रहेको यसमा समय लाग्ने प्रतिक्रिया दिए । उनले कार्यालय सहयोगीको व्यवस्थापन सहित बिद्यालयको बिद्युत महसुल वक्यौता बारे महानगर संग समन्वय गरिरहेको र छिटै समस्या समाधान गर्ने बताए । उनले लाईव्रेरीलाई व्यवस्थित गरेर पत्रकार सम्मेलन मार्फत जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे ।

मिश्राले निजि बिद्यालयलार्य प्रमोट गर्न सामुदायिक बिद्यालयहरुलाई धारासायि गर्ने उदेश्यले अनावश्यक राजनिति भईरहेको प्रति चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्