२०८२ असार १७ गते, मंगलवार १६:३१

पर्सा

आगामी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको नेपाली राष्ट्रिय टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमारपनि पर्न सफल भएका छन् ।

युएईमा यहि मंसिर १४ गतेदेखि सुरु हुन गइरहेको यू–१९ एसिया कप क्रिकेटका लागि क्यानले आइतबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यिय राष्ट्रिय टिम घोषणा गरेको हो । जसमा वीरगन्ज महानगरपालिका वडा नम्बर १२ निवासी रन्जित कुमारपनि पर्न सफल भएका हुन् ।

वीरगन्ज नेशनल इन्फोटेक(एनआई) कलेजमा अध्ययनरत बाँया हाते बलर रन्जित कुमार नेपालको ए टिमबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाइसकेका छन् ।

सामान्य परिवारका रन्जित कुमारलाई एनआई कलेजले पूर्ण छात्रवृतिमा अध्ययन गराइरहेको छ ।पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माबाट प्रशिक्षित रन्जित कुमार वीरगन्जको प्रतिनिधित्व गर्दै मधेस प्रदेशको टिमबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

मंसिर १४ गतेदेखि युएईमा आयोजना हुन गइरहेको यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । उक्त समुहमा श्रीलंका, बंगलादेश र अफगानीस्तानपनि छन् । नेपालले आफनो पहिलो खेल मंसिर १४ मा श्रीलंकासंग खेल्नेछ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस