२०८३ बैशाख २ गते, बुधबार ०८:२६

एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप

काठमाडौ –
सत्तारुढ दल नेकपा एमालेले काठमाडांैं महानगरपालिकाले पठाएको जरिबानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रिय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो ।

शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । शुक्रवार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो ।

एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताउनु भयो । नेकपा एमाले केन्द्रिय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गर्नुभयो । काठमाडौं महानगरपालिकाका प्रुमख बालेन्द्र साहले स्टन्टबाजी गर्नुभएको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रम नसकिँदै सञ्चारमाध्यममा पत्र पुगेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाई गरेको दाबी गर्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस