२०८३ असार १० गते, बुधबार १७:१७

उपनिर्वाचन: बिनाअनुमति सवारीसाधन चलाए २५ हजार जरिवाना

काठमाडौँ –

निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारीासाधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना हुने जनाएको छ।

आइतवार आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारीसाधन सञ्चालन गरेको पाइए २५ हजार रुपैयाँ जरिवाना तोकिएको जानकारी दिइन्।

निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २५९१० मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारीसाधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसविपरीत काम गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारीसाधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको उनको भनाइ छ।

यसैबीच आयोगले सवारीसाधनमा लाउडस्पिकरसमेत प्रयोग गरी निर्वाचन प्रचारप्रसार भइरहेको भन्ने सूचना आएको भन्दै यस्ता सवारीसाधन कब्जामा लिई आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको पनि उनले बताइन्।

आचारसंहिताविपरीत हुने यस प्रकारका काम नगर्न पनि सम्बन्धित सबैमा आयोगले स्मरण गराएको छ।

प्रतिक्रिया

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

पोडकास्ट सुन्नुहोस