२०८३ असार १० गते, बुधबार १४:५३

बाराको रामराराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन प्रमुख हरिभुषण कुशवाहाको हत्या प्रकरण:मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा सार्वजिक

बारा-

बाराको रामराराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन प्रमुख हरिभुषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन् । बारा प्रहरीले आज विहान पत्रकार सम्मेलन गरी कुशुवहा हत्या प्रकरणका मुख्य अभियुक्त ४१ वर्षिय सुरेन्द्र प्रसाद कुशवाहालाई सार्वजिक गरेको हो ।

हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा लाई प्रहरिले सार्वजनिक गर्दाको तस्बिर

गत जेठ ३२ गते साँझ करिब सवा ५ बजे बारा आदर्शकोतवाल गाउँपालिका–२ स्थित खजुरियाबाट कलैया बजारतर्फ आउँदै गर्दा हरिभुषण कुशवाहालाई गोली हानी हत्या गरिएको थियो । घटनामा नेपाली सेनाका भगौडा र गाउँमा त्रास फैल्याउने व्यक्तिका रूपमा परिचित सुरेन्द्र प्रसाद कुशवाहासहित १७ जनाको समूह संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।

हत्या प्रकरणमा संलग्न १० व्यक्तिहरूलाई प्रहरीले तत्कालै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको थियो । त्यसमा २ जना धरौटीमा रिहा भएका थिए भने ८ जना कारागार चलान भएका थिए । घटनामा संलग्न चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरीलाई तत्काल कारवाही थालिएको थियो ।

प्र.अ हरिभुशन कुशवाहा हत्या

जसमध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन् । भने अन्य ८ जना कारागार चलान भएका जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

घटनामा प्रयोग भएका दुई थान पिस्तोल, सात राउन्ड गोली, चार थान मोटरसाइकल, चार मोबाइल, दुई ल्यापटप र सात सिमकार्ड प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार, मुख्य अभियुक्त कुशवाहा लामो समयसम्म भारत र नेपालका विभिन्न स्थानमा लुकेर बसेका थिए ।प्रहरीको अथक प्रयासमा उनी मोरङ जिल्लामा लुकेर बसेको सूचनाको आधारमा पक्राउ परेका हुन् ।

बारा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको हो । सुरेन्द्र प्रसाद कुशवाहाविरुद्ध ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाइ पुरा भएको बारा प्रहरीले जनाएको छ । मुख्य अभियुक्त कुशवाहाको पक्राउले अब अन्य घटनाको गहन अनुसन्धानमा सहयोग पुग्ने विश्वास प्रहरीको छ ।

प्रतिक्रिया

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

चालु आवको तुलनामा वीरगन्जले ल्यायो ७३ करोड बढी बजेट, स्वास्थ्य, शिक्षा, पूर्वाधारदेखि वातावरण संरक्षणमा जोड

वीरगन्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष

पोडकास्ट सुन्नुहोस