२०८२ असार १७ गते, मंगलवार १७:०९

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका हुन् । चीन भ्रमण सिध्याएर स्वदेश फर्के लगत्तै झापा पुगेका ओलीले आफू चाडै भारत भ्रमणमा जान लागेको बताएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्रीको सचिवालयले भारत भ्रमणको तयारी थालेको स्रोतले बताएको छ । प्रधानमन्त्रीको सचिवालय र पराष्ट्र मन्त्रालय एक साथ सक्रिय भएपछि ओलीको भ्रमण मिलाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छिन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर हुने सम्भावना रहेको छ । नेपालले ९ जनवरीमा भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा पुस ५ गते नयाँदिल्ली जाने तय भएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस