२०८३ बैशाख २ गते, बुधबार ०७:२५

जनकपुरधाममा एक जनाको शव फेला

जनकपुर-

जनकपुरधाममा बिहानै एक जना पुरुषको शव फेला परेको छ ।

जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।

शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । ‘घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ,’ उनले भने ।

यता, स्थानीयहरुले राति मापसे गरेर केही व्यक्तिले हो(हल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहुँ मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिँडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए । घटनासम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस