काठमाडौ –
नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो।

जनकपुरले सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।
योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ।