वीरगन्ज-
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई विजयोत्सव मनाउन आज( आइतबार) वीरगन्ज आँउदैछन् ।शुक्रबारदेखि जनकपुरबाट सुरु मधेस बोल्ट्सको ‘ट्रफी परेड’ ¥याली आज वीरगन्जमापनि हुन लागेको पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।
जनकपुर बोल्ट्सको टिम अहिले रौतहटको गौरमा रहेको भन्दै सिंहले त्यसपछि उनिहरु आजै दिउँसो बाराको कलैयामा पुगेर त्यहाँ ‘ट्रफी परेड’ ¥याली सकाएर वीरगन्ज आउने जानकारी दिए ।कलैयाको विजयोत्सव सकाएर जनकपुर बोल्ट्सको टिम वीरगन्जमा सम्भवत दिउँसो ३ बजेपछि नै आउने सम्भावना रहेको उनले बताए ।एनपीएल च्याम्पियन जनकपुर बोल्ट्सको टिमलाई वीरगन्जमापनि भव्य स्वागतको तयारी भइरहेको उनले बताए ।

एनपीएलको पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्स पर्साको वीरगन्जसहित मधेस प्रदेशका सबै जिल्लामा विजयउत्सव मनाउन पुग्ने भएको छ।
ग्त पुस ६ मा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको जनकपुर बोल्ट्सले मधेस प्रदेशका आठवटै जिल्लामा विजयउत्सव मनाउने क्रममा त्यसको सुरूवात गत शुक्रबारदेखि जनकपुरबाट गरिएको हो ।वीरगन्जमा ट्रफी परेड ¥याली सकेर जनकपुर बोल्ट्सको टिम पूर्वका जिल्लाहरू सिरहा र सप्तरीपनि पुग्ने कार्यक्रम छ।