२०८३ मंसिर १२ गते, शनिबार १८:५२

जनकपुरधामस्थित राराब क्यामपसका विद्यार्थीहरु आन्दोलित, क्यामपसमा तोडफोड

जनकपुर-

जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् ।

बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्यामपसमा राखेको भन्दै विद्यार्थीहरु विहानैदेखि विरोधमा उत्रेका छन् । विद्यार्थीहरुले क्यामपसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्यामपस परिसर भित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन् ।

यस अघि आजसम्म कहिले राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्यामपसमा राखिएको थिएन । नियतवस निजी क्यामपसका सञ्चालकहले पैसाको चलखेल र मिलेमत्तोमा ९०० जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरुको परीक्षा केन्द्र अन्य क्यामपसमा राख्न लगाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले यो निर्णय आजै नसच्चयाए भोली मधेश प्रदेशभरि कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन् ।@जनकपुर टुडे

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस