२०८२ आश्विन २० गते, सोमबार १६:०५

चीनको सबैभन्दा ठूलो ‘अपतटीय सौर्य–हाइड्रोजन फार्म’ मा सञ्चालन सुरु

(250102) -- BEIJING, Jan. 2, 2025 (Xinhua) -- An aerial drone photo taken on Aug. 20, 2024 shows a view of the Redstone Concentrated Solar Thermal Power Project, built by SEPCOIII Electric Power Construction Corporation, a subsidiary of POWERCHINA, near Postmasburg in Northern Cape Province of South Africa. The 100 MW Redstone Concentrated Solar Thermal Power (CSP) Project is not only the first CSP project in sub-Saharan Africa, but also one of the largest renewable energy investment projects in South Africa. (Xinhua/Zhang Yudong)

काठमाडौं –

सिएचएन ऊर्जा लगानी समूह (सिएचएन) अन्तर्गत पूर्वी चीनको क्षेत्रमा अवस्थित एउटा ठूलो एकीकृत सौर्य–हाइड्रोजन फार्मले औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ।

चीनमा सबैभन्दा ठूलो ऊर्जा फामलाई आधिकारिक रूपमा रुडोङ अपतटीय फोटोभोल्टिक–हाइड्रोजन ऊर्जा भण्डारण परियोजना भनेर चिनिन्छ। यो सफलतापूर्वक ग्रिडमा जोडिएको छ।

यसले चीनको पहिलो व्यापक ऊर्जा उपयोग तथा तटीय पारिस्थितिक व्यवस्थापन परियोजनाको शुभारम्भ, फोटोभोल्टिक ऊर्जा उत्पादन, हाइड्रोजन उत्पादन, हाइड्रोजन इन्फ्युलिङ र ऊर्जा भण्डारणलाई एकीकृत गरेको सिएचएन ऊर्जाले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सन् २०२५ मा पूर्ण रूपमा सञ्चालन हुँदा, परियोजनाले वार्षिक औसत ४६८ मिलियन किलोवाट–घण्टा बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ । यसले लगभग तीन लाख नौ हजार ४०० टन कार्बन डाइअक्साइड, ५६२.६ टन सल्फर डाइअक्साइड तथा एक हजार १२५.३ टन नाइट्रोजन डाइअक्साइड सहित उत्सर्जनमा पनि पर्याप्त कमी ल्याउनेछ।

सिएचएन ऊर्जाका अनुसार, यी कटौतीहरूले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान मात्र गर्दैनन् । यसलै थप दिगो ऊर्जा संरचनामा सङ्क्रमणलाई अगाडि बढाउन महत्त्वपूर्ण कोसेढुङ्गा पनि चिन्ह लगाउँछन्। रासस

पोडकास्ट सुन्नुहोस