२०८३ बैशाख २ गते, बुधबार ०७:२४

जसपा नेपालको तीन केन्द्रीय विभागमा पदाधिकारी चयन

काठमाडौं –

जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकरी चयन भएका छन् ।

जसपा नेपालको पार्टी स्कूल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।

पार्टीको केन्द्रीय महिला विभागमा प्रमीला कुमारी र सचिवमा अञ्जना शेर्पा चयन भएका छन् । त्यसैगरी सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागको बैठकले प्रमुखमा विनिता यादव र उपप्रमुखमा वीणा सिन्हालाई चयन गरेको बताइएको छ ।बुधबार पार्टी कार्यालयमा केन्द्रीय कानुन विभागको बैठक बसी आवश्यक पदाधिकारी चयन गर्ने कार्यतालिका रहेको बस्नेतले बताएका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस