२०८३ बैशाख २ गते, बुधबार ०६:०९

जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गरौँः महामन्त्री थापा

काठमाडौँ-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ वागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताउनु भयो । उहाँले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताउनु भयो । उहाँले नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले नेपाली काँग्रेस कानूनको शासन मान्ने बताउनु भयो । उहाँले गलत काम गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस