२०८३ जेष्ठ १६ गते, शनिबार १८:२१

बन्दीपुर केबलकारको डिब्बा खस्यो, केबलकार दुई दिन बन्द

काठमाडौं –

बन्दीपुर केबलकारको २ नम्बरको भागको डिब्बा खसेको छ । एउटा डिब्बा भुइँ नजिकै झुन्डिन पुगेको स्थानीय प्रत्यक्षदशीले बताएका छन् । उक्त डिब्बा सन्जोगले खाली रहेको हुँदा कुनै मानवीय लगायतका अन्य क्षति भने हुन नपाएको बताइएको छ ।

लिग भाँचिएर डिब्बा लत्रिंदा ठुलो आवाज आएको र स्थानीयहरू के भएछ भनेर बाहिर निस्कँदा केवलकारको डिब्बा खसेको अवस्थामा भेटिएको हो । केवलकारमा केही समस्या आएकाले मिस्त्रीलाई पोलमा चढाएर काम भइरहेको जनाइएको छ ।

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडद्वारा प्रवर्धन गरिएको बन्दीपुर केवलकार  २१ गते र २२ गते बन्द गरिएको छ । केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टियुभि अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरउन्नती गर्नुपर्ने भएकाले बन्द गरिएको हो । यस विषयमा बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मालाई सम्पर्क गर्न खोज्दा उहाको फोन नम्बर सम्र्पक हुन सकेन  ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस