२०८३ जेष्ठ १६ गते, शनिबार १८:२४

होटल यावसायी संघद्वारा पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरू सम्मानित

वीरगन्ज-

होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । वीरगन्जको होटल क्लासिक बंक्वेटमा बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।

होटल तता पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, होटल तथा पर्यटन व्यावसायी संघका पदाधिकारीले निर्वाचितहरू पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रजिअ अर्यालले शुभकामना मन्तव्य दिँदै पत्रकारिता क्षेत्रको योगदानलाई उच्च प्रशंसा गरे। नेपाल पत्रकार महासंघका निवर्तमान सचिव दिपेन्द्र चौहान, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा लगायतले पनि कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले गरेका थिए भने सञ्चालन दिलिपराज कार्कीले गरेका थिए। उपस्थित सबैले पत्रकारिता क्षेत्र र होटल तथा पर्यटन व्यवसायबीचको सहकार्यलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

यो सम्मान कार्यक्रमले होटल तथा पर्यटन व्यवसाय र पत्रकारिता क्षेत्रबीच आपसी सहकार्य र सम्मानको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस