२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल

काठमाडौ –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब न्दिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताउनु भयो । शान्ति प्रक्रियाका कामहरु टुंग्याउने विषयलाई कतिपयले बिजनेसको रुपमा लिएको र कतिपयले माओवादीलाई तह लगाउने अन्तिम अस्त्रको रुपमा लिएकाले टुंगिन नसकेको बताउनु भयो ।

अध्यक्ष दाहालले सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपु¥याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस