२०८३ जेष्ठ १६ गते, शनिबार १७:३५

पर्साको धान उत्पादनले जिल्लाभरको मागलाई धान्छ : कृषि ज्ञान केन्द्र

वीरगन्ज-

पर्सामा यस वर्ष धानको उत्पादनमा बृद्धि भएको छ । चालु आव ०८१-०८२ मा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

पर्सामा उत्पादीत धानले यहाँको मागलाई पुरा गरेर पनि मौज्दात रहने कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले बताए । उनले भने, ‘हामीसँग जिल्लाभर यति नै धानको डिमाण्ड छ भन्ने यकिन डाटा त हुदैँन । तर पनि सहकारी तथा मिलहरुबाट आएको तथ्यांकलाई विश्लेषण गर्दा यो उत्पादनले जिल्लाभरको मागलाई धान्छ । अझ यो बाहिर नजाने हो र यहाँ मात्र पुर्‍याउने हो भने अझै ‘स्टक’मा रहने उनले बताए ।’

गत वर्षको तुलनामा जिल्लामा यो वर्ष १९ हजार ८३ मेट्रिक टन धान बढी उत्पादन भएको हो । गत वर्ष १ लाख ८२ हजार १ सय ७० मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष यहाँ ४७ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो।

यो वर्ष बर्खे र चैत धान गरि २ लाख २ हजार २ हजार १ सय ३० मेट्रिक धान उत्पादन भएको हो । यो वर्ष चैते धान १ लाख ९० हजार मेट्रिक टन उत्पादन भएको र १ लाख ८३ हजार ७२ मेट्रिक टन बर्खे धान उतपदन भएको केन्द्रका सूचना अधिकारी थापाले जनाए ।

गत वर्ष पर्सामा ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । गत वर्ष भने १ लाख ८९ हजार ४७ मेट्रिक टन उत्पादन भएको केन्द्रको तथ्यांक छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस