२०८३ जेष्ठ १६ गते, शनिबार १७:३५

भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके, असारसम्म १५ सय बढी समस्यामा पर्छन्ः निर्माण व्यवसायी महासंघ

काठमाडौं-

नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरु समस्याग्रस्त भएको बताएको छ ।

शनिवार काठमाडौंमा भएको राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा २ सय भन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सय बढी निर्माण ठेक्काहरु समस्याग्रस्त हुने स्थिति रहेको बताउनु भयो । उहाँले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भएपनि सरकारले नदिएको बताउनु भयो । उहाँले गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गर्नुभयो । यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि विनियोजन नहुँदा  निर्माण क्षेत्र अस्तव्यस्त भएको बताउनु भयो ।

अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निस्कर्ष निकाल्न राष्ट्रिय भेलाको आयोजना गरेको बताउनु भयो । उहाँले सिमेन्ट र डन्डी लगायतका निर्माण सागम्रीहरुमा भएको कालोबजारीको कसरी बिरोध गर्ने भन्ने निस्कर्षका लागि पनि भेला बोलाइएको बताउनु भयो । सात प्रदेश र ७७ जिल्लाकै निर्माण व्यवसायीहरु भेलामा उपस्थित रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस