२०८३ बैशाख २ गते, बुधबार ०१:३६

अब बैङ्कमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ-

अब बैङ्कमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनका अनुसार बैङ्कले माघ १ देखि राष्ट्रिय परिचयपत्रका आधारमा बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य थियो ।

बैङ्क तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैङ्कको निर्देशनमा उल्लेख छ ।

राष्ट्रिय परिचयपत्रका आधारमा बैङ्क खाता खोल्नुको उद्देश्य ग्राहकको सही पहिचान सुनिश्चित गर्नु रहेको राष्ट्र बैङ्कले जनाएको छ ।नयाँ निर्देशनले सरकारी भुक्तानी प्राप्त गर्ने खातामा पनि राष्ट्रिय परिचयपत्रको आधारमा खाता खोल्नुपर्ने कुरा सुनिश्चित गरेको छ । साथै खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टि गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस