२०८३ जेष्ठ १६ गते, शनिबार १८:२४

वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

काठमाडौं –

आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गठबन्धन नटिक्ने भन्नेकुरा हल्लामात्रै भएको बताउनु भयो । उहाँले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताउनु भयो । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसले गरेको सात बुँदे सहमतिअनुसा रनै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दाबी गर्नुभयो । उहाँले संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताउनु भयो । उहाँले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताउनु भयो ।

गृहमन्त्री लेखकले पश्चिम नेपालको भूकम्प जाजरकोट लगायतको जिल्लाहरुमा प्रभावित गरेको  र डोटी इपिसेन्टर भएको तथा अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपद्बाट बाढी, पहिरोबाट भएको क्षतिको आँकलन भइसकेको बताउनु भयो । उहाँले अब त्यसलाई अर्थ मन्त्रालयमा पठाउने र अब पुनः निर्माण र पुनः स्थापनाको काम प्रारम्भ गर्ने निर्णय भएको बताउनु भयो । उहाँले डिडिए भइसकेको ठाउँमा पुनःनिर्माणमा जुट्ने र क्षतिको विस्तृत आँकलन नभएको स्थानमा आँकलनको काम तत्काल शुरु गर्ने निर्णय भएको बताउनु भयो । त्यसका लागि आवश्यक श्रोत साधनको वा बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताउनु भयो ।

गृहमन्त्री लेखकले  सम्बन्धित मन्त्रालयमा अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस