२०८३ जेष्ठ १६ गते, शनिबार १५:५५

सैफ अली खानमाथि छुरा प्रहार

काठमाडौं –

 बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ। गएराति बान्द्रास्थित घरमा पसेर आक्रमणकारीले उनलाई धारिलो हतियारले आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा सैफ अली खान आफ्नो परिवारसँगै घरमा थिए। घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो।

प्रहरी अधिकारी दीक्षित गोदमका अनुसार एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेको र त्यसपछि सैफ र ती व्यक्तिबीच झडप भएको थियो। यस क्रममा खान घाइते भएका हुन्।आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी गरिरहेको बताइएको छ।

लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो छन्। एउटा घाउ मेरुदण्डको छेउमा लागको छ। उनको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस