२०८२ आश्विन २० गते, सोमबार १८:४६

राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, चुनाव चिन्ह ग्याँस सिलिन्डर

पर्सा-

राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी दर्ता गरिएको छ। निर्वाचन आयोगले सो पार्टीलाई औपचारिक रूपमा दर्ता गरेको छ, र अब यो दलको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ।

पार्टीका नेता केशव झाले जानकारी दिँदै भने, “आज माघ ८ गते निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक दललाई दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्र प्रदान गरेको छ।” यसका साथै, गाढा नीलो रंगको आयताकार झण्डामा तीर धनुष रहेको डिजाइन पनि पार्टीले अपनाएको छ।

राजेन्द्र महतोले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “दलको दर्ता नं २०१ रहेको छ र पार्टी स्वदेशवाद, बहुलतावाद र सामुदायिक समाजवादका सिद्धान्तहरूमा आधारित भएर अगाडि बढ्नेछ।” उनले आम जनतालाई पार्टीको सदस्यता ग्रहण गरी सक्रिय सदस्य बन्ने अपील गरेका छन्।

महतोले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई परित्याग गरी नयाँ पार्टी गठन गरेका छन्।

पोडकास्ट सुन्नुहोस