२०८२ असार १७ गते, मंगलवार १६:२४

वीरगन्ज –

पर्सा जिल्लाको बहुदरमाई नगरभित्र पर्ने सबै विद्यालयका शिक्षक तथा कर्मचारीको तलब दिलाउन प्रदेश सभा सदस्य श्याम पटेलले ध्यानाकर्षण गराएका छन् ।

७ महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरेर शिक्षक कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाएको उनले जानकारी गराए । प्रदेश सभाको आजको बैठकमा बोल्दै उनले भने, ‘बहुदरमाईमा समयमा नगर परिषद् भएन, नगर परिषद् जसरी तसरी भएपनि बजेट प्रमाणितकरण भएन । जसले गर्दा बजेट निकासा भएको छैन ।’ जस्तोसुकै कारण भएपनि शिक्षक कर्मचारीले समयमा तलब पाउनुपर्नेमा उनले जोड दिए उनले यस बारे सरोकारवालाहरुले आ-आफनो तर्फ बाट समाधानको लागी आवश्यक पहल गर्न अनुरोध गरे ।

शिक्षा र स्वास्थ्यबाट बञ्चित गर्न नहुने भएपनि तलब नपाएकै कारण विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएकोप्रति आपत्ती जनाउँदै उनले यथाशिघ्र विकास निर्माणको काम सुरु गर्न र तलब वितरण गर्ने अवस्थाको निर्माण गर्न माग गरे ।

उनले बजेट वितरणमा एकलौटी नगर्न मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आजको बैठकमा बोल्दै पटेलले मन्त्री र मुख्यमन्त्रीले आफ्नो क्षेत्रमा बजेट बढी लिने प्रवृतिप्रति आपत्ती जनाए ।

महेन्द्र नीधि आवास कार्यक्रमअन्र्तगत पर्सा जिल्लामा एक करोड र बारा जिल्लामा १९ करोड बजेट दिएर विभेद गरिएको पटेलको टिप्पणी छ । उनले भने, ‘पूर्व मुख्यमन्त्री ज्यूले भनेपछि मात्रै थाहा भयो, उहाँको क्षेत्रमा महेन्द्र नीधि आवास कार्यक्रमका लागि १९ करोड बजेट रहेछ, हाम्रो पर्सा जिल्लामा जम्मा एक करोड मात्रै । यो कहाँको न्याय हो सभामुख महोदय रु’

सबै मन्त्री र मुख्यमन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट लिने हो भने मधेशको विकास नहुने उनको बुझाई छ । मन्त्री तथा मुख्यमन्त्रीले आठ वटै जिल्लाका ६४ निर्वाचन क्षेत्र आफ्नै हो भन्ने मानसिकताबाट काम गर्न पनि उनले सुझाव दिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस